बुटलवमा कोरोना सङ्क्रमित पुरूषको मृत्यु, रूपन्देहीमा मृत्यु हुनेकाे संख्या १२ पुग्याे

डिसी नेपाल
१९ भदौ २०७७ १२:३२

बुटवल। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको शुक्रबार मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

उनलाई यही भदौ ४ गते कोरोना पुष्टि भए पनि नौ दिनअघि मात्र अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका अनुसार उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो। रुपन्देहीमा यससँगै कोरोनाबाट मृत्यु हुने १२ जना पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *