थप १३ सय ५९ जनामा कोरोना पुष्टि, १३ सय ५४ जना डिस्चार्ज; १४ जनाको मृत्यु

डिसी नेपाल
१९ भदौ २०७७ १६:२६

काठमाडौं । शुक्रबार उपत्यकामा ४५४ सहित देशभर एक हजार ३५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए।

प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना गरी काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ।

हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २७१ पुगेको छ। गत २४ घण्टामा १३ हजार ६३८ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ५६१ जना क्वारेन्टिनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *