मिस्टर आरजेको ‘मुना’ सार्वजनिक भएको २४ घण्टा नबित्दै ट्रेण्डिङमा

डिसी नेपाल
२० भदौ २०७७ १२:०१
20
Shares

काठमाडौं । र्‍यापर गायक तथा संगीतकार मिस्टर आरजेको ‘मुना’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा राज खुम्बु र सुजाता वर्माले स्वर दिएका छन् भने मिस्टर आरजेले र्‍याप भरेका छन् ।

गीतको शब्द नवराज कलौनीले लेखेका हुन् भने आरजेले नै संगीत दिएका छन् । गीतको भिडियोमा कलाकार नाजिर हुसेन, स्वस्तिमा खड्का र रियाशा दाहालले अभिनय गरेका छन् । भिडियोमा रियाशा नाजिरकी श्रीमती र स्वस्तिमा सालीको भूमिकामा छन् । भिडियोमा तिनै जनाको उत्कृष्ट क्यामेष्ट्रि मिलेको छ ।

गीतको भिडियो ‘एटके एभरेष्ट मोसन पिक्चर्सको युट्युब’ च्यानलबाट सार्वजनिक गरिएको छ । यो समाचार तयार पार्दासम्म गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै युट्युबको ट्रेण्डिङ ८ मा प्रवेस गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.