रिया चक्रवर्तीका भाइ शोभिक र हाउस म्यानेजर सामुएललाई थुनामा राख्ने अदालतको आदेश !

डिसी नेपाल
२० भदौ २०७७ १५:११

मुम्बइ। मुम्बइको किला कोर्टले सुशान्त सिंह राजपुत मृत्युको अनुसन्धानको क्रममा रिया चक्रवर्तीका भाइ शोभिक र सुशान्तका हाउस म्यानेजर सामुएल मिरान्डालाई नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा राख्ने फैसला सुनाएको छ । आज दुवैलाई मुम्बइको किला कोर्ट पेश गरिएको थियो । अदालतले दुवैलाई ९ सेप्टेम्बरसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मजिस्ट्रेट नरेन्द्र जोशीको इजलासले दुवै अभियुक्तलाई नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा राखेर थप अनुसन्धान गर्न आदेश दिएको हो । हिजो नारकोटिक्स कन्ट्रोल ब्यूरोले शोभिक चक्रवर्ती र सामुएल मिरान्डालाई गिरफ्तार गरेको थियो । शुक्रबार बिहान ब्यूरोले रिया, शोभिक र मिरान्डाका घरमा छापा मारेको थियो ।

शुक्रबार बिहानैदेखि नारकोटिक्स कन्ट्रोल ब्यूरोले यी सबैको घरमा छापा मारेको थियो । छापा मार्दा प्राप्त प्रमाणका आधारमा पहिले सामुएल मिरान्डालाई गिरफ्तार गरिएको थियो । ब्यूरोले शोभिकलाई पनि सोधपुछका लागि भनेर साथमै लिएर गएको थियो । शोभिक र मिरान्डालाई ड्रग्स डिलर बासित र जैदसँग साथमै राखेर सोधपुछ गर्दा बासित र जैदले शोभिकको पनि संलग्नता रहेको बताएपछि ब्यूरोलाई शोधिलाई गिरफ्तार गर्ने बाटो खुलेको थियो ।

स्रोतका अनुसार ड्रग डिलरहरुसँग शोभिक र सामुएलको कुराकानीमा रियाको संलग्नताको कुरा पटक पटक आएको छ । यदि शोभिक र सामुएलसँग सोधपुछको क्रममा यो कनेक्सनको खुलासा भएमा रियालाई पनि गिरफ्तार गर्ने बाटो खुल्नेछ । ब्यूरोले रियालाई फेरि सोधपुछको लागि बोलाउने भएको छ । यस क्रममा उनलाई गिरफ्तार गर्न मिल्ने कुनै पनि आधार भेटिएमा उनलाई तत्कालै गिरफ्तार गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.