धौलागिरि अस्पतालको हाइ केयरमा थपियो उपकरण

डिसी नेपाल
२१ भदौ २०७७ १९:००

बलेवा । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकका तर्फबाट आएको रकमबाट धौलागिरि अस्पताल बागलुङमा विभिन्न उपकरण भित्र्याइएको छ । अस्पतालमा निर्माण गर्न लागिएको हाइ केयर युनिटका लागि सामग्री झिकाइएको थियो ।

कार्यक्रममार्फत विनियोजन भएको रु ५० लाखबाट टेन्डर गरेर ती सामग्री ल्याइएका हुन् । आज डा पाठकले धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई सामग्री हस्तान्तरण गरे । टेन्डरमार्फत झिकाइएका सामग्रीमा एनेस्थेसिया वर्क स्टेशन, प्यासेन्ट मनिटर र भिडियो लर्निङ सेप (भिडियोमार्फत श्वास नलीको परीक्षण गर्ने मेसिन) छन् । ती सामग्रीबाट अस्पतालमा हाइ केयर युनिट बनाइने छ । सांसद पाठकले यसअघि नै रकम विनियोजन गराए पनि प्रक्रियागतरुपमा सामान ल्याउन ढिलाइ भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.