एकै गाउँका चार बालबालिका सम्पर्कविहीन

डिसी नेपाल
२१ भदौ २०७७ २१:४०

सोलुखुम्बु । माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५ः०० बजेदेखि उनीहरु सम्पर्कविहीन छन् ।

स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सिस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् । साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.