चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको निधन, सुपरस्टारहरुले दिए श्रद्धाञ्जली

डिसी नेपाल
२३ भदौ २०७७ ११:३१
4
Shares

काठमाडौं। चर्चित दक्षिण भारतीय अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । मुख्य गरी तेलुगु फिल्ममा सक्रिय रेड्डीको ७४ वर्षको उमेरमा मंगलबार बिहान आन्ध्र प्रदेशको गुंटुरस्थित आफ्नै घरमा हृदयाघातका कारण निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । केही मिडियाले पारिवारिक स्रोतको हवाला दिँदै हृदयाघातपछि रेड्डी बाथरुममा लडेको जनाएका छन् ।

रिपोर्टका अनुसार जयप्रकाश रेड्डी पहिले शिक्षक थिए र उनलाई सानै उमेरमा अभिनयको सोख थियो । त्यसैले उनी गुंटुरमा स्टेज नाटक पनि खेल्थे । उनको पहिलो फिल्म ब्रह्म पुत्रुदु थियो । रेड्डीको निधनप्रति थुप्रै सुपरस्टारहरुले श्रद्धाञ्जली दिएका छन् । तेलुगु फिल्मकी स्टार अभिनेत्री रकुल प्रित सिंह, अभिनेता जुनियर एनटिआर, महेश बाबु, प्रकाश राज, रवि तेजा, काजल अग्रवाल, एसएस राजामौली,  दग्गुबती वेंकटेश, राम पोथिनेनी, प्रणिता सुवास, रितेश देशमुख, लगायतले रेड्डीप्रति श्रद्धाञ्जली दिएका छन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *