काठमाडौंका थप ३१ होटललाई क्वारेन्टाइनको लागि अनुमती (सूचीसहित)

डिसी नेपाल
२४ भदौ २०७७ १०:५९

काठमाडौं । काठमाडौंका थप ३१ होटललाई क्वारेन्टाइन प्रयोजनार्थको लागि अनुमति दिइएको छ । विदेशबाट चार्टर्ड तथा नियमित उडानमार्फत आउने यात्रुहरूको लागि थप ३१ वटा होटलको सूची सार्वजनिक गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार एक सूचना जारी गर्दै ३१ होटलको सूची सार्वजानिक गरेको हो । जसमा चार तारेदेखि पर्यटक स्तरीय होटलसम्म समावेश छन् ।

सरकारी मापदण्ड अनुसार हवाइ मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टाइनमा बस्नुपर्छ। होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने हुन्छ ।

विदेशबाट आउने शतप्रतिशत यात्रुको साथमा कोरोना भाइरस परीक्षण गरेको पीसीआर रिपोर्ट नेगेटिभ भएमा भने होटल क्वारेन्टाइन बस्नु नपर्ने नेपाल सरकारको नियम छ। विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ लिएर आएमा उनीहरु सिधै विमानस्थलबाट होम क्वारेन्टाइनमा जान सक्छन्।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *