मुम्बई पुगेपछि कंगनाले भनिन्ः आज मेरो घर भत्कियो, भोली उद्धव ठाकरेको घमण्ड भत्किने छ
मुम्बई। बलिउड अभिनेत्री कंगना रनोटको मुम्बईस्थित घर भत्काइएपछि उनले कडा जवाफ दिएकी छन्। मुम्बई महानगरपालिकाले बुधबार कंगनाको घर भत्काएको थियो। कंगना बुधबार नै मुम्बई पुगेकी छन्। मुम्बई पुगेपछि प्रतिक्रिया दिँदै उनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेको घमण्ड भत्किने बताएकी छन्।
उनले आफूले दिएको चुनौती पूरा गर्दै बुधबार मुम्बई पुगेकी छिन्। मुम्बई पुग्ने बित्तिकै उनी पुग्नुभन्दा केही घण्टा अघिमात्रै बीएमसीले तोडफोड गरेको कार्यालयको भिडियो लगातार ट्विटरमा सेयर गरेकी छिन्।
उनले ‘इन्ड अफ डेमोक्रेसी’ क्याप्सनसहित उनले १५ वर्ष अघिदेखि देखिरहेको आफ्नै कम्पनी बनाउने सपना पूरा हुनै लाग्दा भत्किएको कार्यालयको भिडियो सेयर गरेकी हुन्।
भिडियो सेयर गर्ने क्रममा कंगनाले एउटा भिडियोमा भने आफ्नो ४८ करोडको कार्यालय तोडफोड गरेकोमा आक्रोशित हुँदै उद्धव ठाकरेलाई चुनौती दिएकी छन् । कंगनाले भनेकी छिन्,“ आज मेरो घर टुट्यो, भोलि तिम्रो घमण्ड टुट्ने छ । समय सधैं एकनासको हुँदैन ।”
साथै कंगनाले आफ्नो सपना फेरि पूरा गर्ने भन्दै अयोध्याको मात्रै नभई कश्मीरमा पनि चलचित्र बनाउने घोषणा पनि गरेकी छिन् ।
कंगनाका वकिलका अनुसार बीएमसीले कंगनाको अफिसको पर्खाल, ढोकासहित महँगो फर्निचर पनि तोडफोड गरेको छ। कंगनाले महाराष्ट्रले पाकिस्तान नियन्त्रि कश्मीरको फिलिङ दिएको भनेपछि महाराष्ट्रको सत्तारुढ दल शिवसेना र कंगनाबीच विवाद बढेको थियो। कंगनाले बुधबार फेरि महाराष्ट्रलाई पाकिस्तान नियन्त्रित कश्मीर भनेकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment