एलिजा र दुर्गेश अभिनित ‘घाँसको माया गाईलाई’ गीतको भिडिओ सार्वजनिक (भिडियाे)
काठमाडौं। चर्चित नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ। इनाक्षी इन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडिओ बिहीबार सार्वजनिक भएको हो। राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन्।
गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ। रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी तथा सम्पादन भने शिव बिकले गरेका छन्। भिडिओमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment