नायक जय किशन बस्नेतको चलचित्र ‘हिरो नं १’ नयाँ वर्षमा प्रदर्शन हुने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा निरन्तर निर्माण र अभिनयमा सक्रिय रहेका नायक तथा निर्माता जय किशन बस्नेतले फूलपातीको अवसर पारेर नयाँ चलचित्रको नाम घोषणा गरेका छन्। दशैं सकिनासाथ छायाँकन सुरु गर्ने गरी उनले घोषणा गरेको चलचित्रको नाम हिरो नं १ राखेका छन्।
जय किशन बस्नेत फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन गई रहेको यस चलचित्रमा को को कलाकार हुने भन्ने विषयमा केही नबताईए पनि टंक बुढाथोकीको संगीत, एनबि महर्जनको द्वन्द, जीवन श्रेष्ठको छायाँकन, शिव बि क को नृत्य तथा लेखन र निर्माण जय किशन बस्नेत स्वयंको रहने छ।
आगामी नयाँ वर्ष २०७६ को अवसर पारेर प्रदर्शनमा ल्याईने चलचित्र हिरो नं १ मल्टिप्लेक्स हलको योजनामा निर्माण हुन लागेको हो।
नायक बस्नेतको लेखन, निर्माण, निर्देशन र प्रमुख अभिनय रहेको चलचित्र धूम ३ गत अशोज ५ गतेदेखि देशव्यापी प्रदर्शनमा आएर बक्स अफिसमा राम्रो रेकर्ड राख्न सफल भएको थियो भने त्यही सफलताले गर्दा बस्नेतले धूम ४ पनि बनाउँने घोषणा गरि सकेका छन्।
यस अघिका चलचित्रहरु आफैंले निर्देशन गरेका नायक बस्नेतले हिरो नं. १ को निर्देशनको जिम्मेवारी भने धूम ३ को सम्पादन गरेका तुलसी बाँस्कोटालाई दिएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment