सिन्धुपाल्चोक अपडेट : ८ जनाको शव भेटियो, २४ जना बेपत्ता

डिसी नेपाल
२८ भदौ २०७७ ११:२५

काठमाडौं। सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका मध्ये ८ जनाको शव भेटिएको छ। ७ जना महिला र १ जना पुरुष गरी ८ जनाको शव भेटिएको बाह्रविसे नगरपालिकाले जनाएको छ। बाह्रविसे नगरपालिका ७ मा गएको पहिरोमा पनि अहिलेसम्म २४ जना बेपत्ता भएको नगर उपप्रमुख शुशीला पाख्रीनले जानकारी दिइन्।

सिन्धुपाल्चोको पहिरोमा परी १४ मान्छे सहितका १४ घरधुरीमा क्षेति भएको उनले जानकारी दिइन्। अहिले मौसम सफा रहेका कारण उद्दार कार्य भइरहेको उपप्रमुख पाख्रीनले जानकारी दिइन्।

बाह्रविसे नगरपालिका ७ मा आइतबार विहान पहिरो गएको थियो। सभामुख अग्नि प्रसाद सापकोटा उद्दार टोलीसहित पहिरो गएको ठाउँमा पुगेका छन्। नेपाली सेनाले विहानदेखि नै उद्दार कार्य जारी राखेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली पनि घटनास्थल पुगेर उद्दार गरिरहेको उनले जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *