ला लिगा ड्रिम टिम : मेस्सीसहित बार्सिलोनाका ६ खेलाडी

डिसी नेपाल
३० असोज २०७५ १४:१०

एजेन्सी । स्पेनिस ला लिगा युरोपियन क्लब फुटबलमा सर्वाधिक लोकप्रिय लिग मध्येको एक हो । जहाँ विश्वकै उत्कृष्ट खेलाडीहरु खेल्ने गर्छन् ।

अहिलेको पुस्ताकै सर्वाधिक चर्चित खेलाडी तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी ला लिगा नै खेल्ने गर्छन् । मेस्सीले ला लिगा च्याम्पियन बार्सिलोनाको कप्तानी समेत सम्हाल्ने गर्छन् ।

स्पोर्ट्स अनलाइन स्पोर्ट्स मेलले हालै ला लिगाको ड्रिम टिम (टिम -११) तयार गरेको छ । स्पोर्ट्स मेलले तयार गरेको ड्रिम टिममा साविकको विजेता बार्सिलोना र रियल मड्रिडका खेलाडीको बाहुल्यता रहेको छ ।

ड्रिम टिममा तीन क्लबका खेलाडी मात्र अटाएका छन् । बार्सिलोना र रियलसंगै एट्लेटिको मड्रिडका खेलाडी टिममा परेका छन् ।

जसमा बार्सिलोनाबाट ६ खेलाडी, रियलबाट ४ र एट्लेटिकोबाट एक खेलाडीले टिममा स्थान बनाएका छन् ।

ड्रिम टिमको गोलकिपर बार्सिलोनाका टेर स्टेगनले सम्हाल्नेछन् । डिफेन्स बार्सिलोनाका जेर्राड पिके, रियलका डानी कार्भाजल, मार्सेलो र एट्लेटिकोका डिएगो गोडिन रहेका छन् ।

टोलीको मिडफिल्ड रियलका लुका मोड्रिच, बार्सिलोनाका सेर्गी बुस्केट र बार्सिलोनाकै इभान राकिटिच रहेका छन् । यस्तै टोलीको फरवार्ड लाइनमा बार्सिलोनाका लियोनल मेस्सी, बार्सिलोनाकै लुइस स्वारेज र रियलका ग्यारेथ बेल रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *