विवादित ‘मास्टर्नी’ गीत युट्युबबाट हटाइयो : दुर्गेश थापाद्वारा सार्वजनिक माफी

डिसी नेपाल
१ साउन २०८३ २१:५५

काठमाडौं । पछिल्लो समय निकै चर्चा र विवादमा रहेको चलचित्र ‘मास्टर्नी’को प्रचारप्रसारका लागि तयार पारिएको गीतलाई कलाकार तथा सर्जक दुर्गेश थापाले आधिकारिक रूपमा आफ्नो युट्युब च्यानल तथा सामाजिक सञ्जालबाट हटाएका छन्।

उक्त गीतका केही शब्द र प्रस्तुतीकरणका कारण शिक्षक तथा शिक्षिकाहरूको भावनामा चोट पुगेको भन्दै चौतर्फी आलोचना भएपछि थापाले आइतबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा माफी मागेका हुन्।

विज्ञप्तिमा थापाले भन्नुभएको छ, ‘शिक्षक भनेका समाजका मार्गदर्शक, ज्ञानका दीप तथा सम्मानका पात्र हुनुहुन्छ। उहाँहरूप्रति मेरो सम्मान सधैं अटल रहिरहनेछ।’

आफ्नो उद्देश्य कसैको मानमर्दन गर्ने नभई केवल मनोरञ्जनात्मक शैलीमा चलचित्रको प्रचार गर्नु मात्र रहेको स्पष्ट पार्दै उनले आफ्नो टिमको तर्फबाट हृदयदेखि नै क्षमायाचना गरेका छन्।

आफ्ना दर्शक र शुभचिन्तकहरूले दिएको माया, सुझाव तथा आलोचनालाई आफूले सधैं सम्मान गर्ने बताउँदै, दर्शकहरूको भावनाको कदर गर्दै गीत हटाइएको थापाले उल्लेख गरेका छन्। साथै, आगामी दिनमा थप जिम्मेवार र उत्कृष्ट सिर्जनाका साथ प्रस्तुत हुने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *