भदौ २५ लाई एसिड आक्रमणविरुद्ध जागरण दिवस मनाउने घोषणा

डिसी नेपाल
३० भदौ २०७७ १८:२४

काठमाडौं। सरकारले हरेक वर्ष भदौ २५ गते एसिड आाक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाइने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ लाई यो दिवस मनाउने घोषणा गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले बताए।

मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले एसिड आक्रमणविरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले कडा कानून ल्याउने घोषणा गरेको दिन भदौ २५ लाई जागरण दिवसका रुपमा मनाउने निर्णय भएको जानकारी दिए।

उनले एसिड आक्रमणका पीडितलाई सरकारले आजीवन उपचार गर्ने, समाज पुनःस्थापनाका लागि विभिन्न सहयोग गर्ने निर्णयहरु गरिएको जानकारी दिए। सरकारले एसिड आक्रमणविरुद्ध अध्यादेशमार्फत कानून ल्याउने तयारी गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *