डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त

डिसी नेपाल
३० भदौ २०७७ १८:३१

काठमाडौं। हालै अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहाकार नियुक्त गरिएको छ। सोमबार सबेको मन्त्रिपरिषदको बैठकले उनलाई विशेष सल्लाहाकारका नियुक्त गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए।

मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले डा. खतिवडालाई मन्त्री स्तरको सेवा सुविधान दिने गरी विशेष आर्थिक सल्लाहाकार नियुक्त गरिएको बताए।

अर्थमन्त्रीबाट उनले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई सल्लाहाकार बनाउन लागेको यसअघि नै चर्चामा थियो। हाल अर्थ मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री ओलीसँगै रहेकाले सल्लाहाकारका रुपमा डा. खतिवडा अर्थमन्त्रालयमा केन्द्रित हुने देखिएको छ। सांसद नभएका व्यक्ति मन्त्री बन्न पाउने संवैधानिक व्यवस्थाअनुसार अर्थमन्त्री बनेका खतिवडा मन्त्री नियुक्ति भएको ६ महिना भित्र सा.सद बन्न नसकेपछि उनले यही भदौ १९ गते पदबाट राजीनामा दिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *