भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी

डिसी नेपाल
३१ भदौ २०७७ १२:३६

काठमाडौं। भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी सुरु भएको छ। मंगलबारसम्म करिव ४० देखि ५० रुपैयाँ किलोमो बिक्री भएको प्याज बुधबार विहान झण्डै दोब्बर वृद्धि भएर १३० रुपैयाँ प्रतिकेजी पुगेको छ।

उपभोक्ताले नियमित ग्राहक हैनौ भन्दै आफूलाई प्याज नदिएको भनि लिखित उजुरी महानगरपालिकामा दिएका छन्। काठमाडौं महानगरपालिकाले बुधबार गरेको अनुगमनबाट ब्यापारीलाई कालोबजारी गरेको ठहर गरी पक्राउ समेत गरेको छ।

काठमाडौं महानगरपालिका, कृषि शाखा प्रमुख हरिबहादुर भण्डारीले खरिद बिल नभएका, बिक्री बिल नभएका र मूल्यसूचिसमेत नराखेका व्यापारीहरुलाई आवश्यक कारवाही गरेको जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘हामीले. प्याजको मूल्य वृद्धि भयो भने पनि बजार अनुगमनका लागि गएका थियौं। बजारमा कृतिम अभाव देखाएर कालोबजारी गर्न लागेको केही व्यापारीलाई कारवाही समेत गरेका छौं।’

काठमाडौं महानगरपालिका भण्डारीको नेतृत्वमा गएको अनुगमन टोलीले बल्खु तरकारी बजारमा अनुगमन गर्दा करिव २ सय बोरा प्याज शंकास्पद तरिकाले राखेको भेटेपछि कारवाही गरिएको जनाइएको छ।

बजार अनुगमन टोलीका हरिबहादुर भण्डारी, माधव तिमिल्सेना, कालिमाटि प्रहरी चौकीका प्रहरी नायव निरीक्षक जनक श्रेष्ठ लगाएतको टोलीले बजारको अनुगमन गरेको थियो।

गतवर्ष पनि भारतले प्याजको निर्यात रोक्दा नेपालमा प्याजको मूल्य करिव २ सय प्रतिकेजी पुगेको थियो। यो वर्ष प्याजमा हुने कालोबजारीलाई रोक्ने जिम्मा महानगरीय प्रहरी परिसर कालिमाटिलाई आधिकारीक जिम्मा दिइसकेको उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *