काठमाडौं उपत्यकामा थपिए ८५९ संक्रमित, ४ जनाको मृत्यु

डिसी नेपाल
२ असोज २०७७ १६:३७

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २९६ महिला र ५६३ पुरुष गरी थप ८५९ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ६९८ (२१६ महिला, ४८२पुरुष), भक्तपुरमा ८२ (४८ महिला, ३४ पुरुष), ललितपुरमा ७९ (३२ महिला, ४७ पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ८८ वर्षिय पुरुष र ८५ वर्षिया महिला रहेका छन्। यस्तै भक्तपुरका ८२ वर्षिय पुरूष र ललितपुरकी ६६ वर्षिया महिलाकाे पनि मृत्यु भएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *