माइतीघरमा भएको कुटपिटको छानबिन गर्न समिति गठन

डिसी नेपाल
३ असोज २०७७ १६:०१

काठमाडौं । काठमाडौको माइतीघरमा असोज १ र २ गते भएको प्रर्दशनमा प्रहरीले सर्वसाधारणलाई कुटपिटको विषयमा छानबिन गर्न एक समिति बनाएको छ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै सडकमा प्रर्दशन हुँदा प्रहरीले दमन गरेको भन्दै विरोध उत्पन्न भएपछि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।

नेपाल प्रहरीको कुटाइबाट घाइते भएका युवाहरुको भिडियो सामाजिक सञ्चालमा भाइरल भएपछि प्रहरीले छानबिन समिति बनाएको हो । सो समितिमा डिएसपी राजेश रिमाल र इन्स्पेक्टर विनोदप्रदीप बस्याल रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार समितिलाई एक साताको समय दिइएको छ । असोज १ गते बबरमहलमा हन्ड्रेड ग्रुप अध्यक्ष बब्लु गुप्ता माथि प्रहरीले निर्घात कुटपिट गरेको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *