प्रदेश १ का मुख्यमन्त्री आफ्नो श्रीमान भएको दावी गरेकी महिला नेकपा मुख्यालयबाट पक्राउ
काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान रहेको दावीसहित अदालतमा मुद्दा दायर गरेर हालैमात्र सो मुद्दा फिर्ता लिएकी बालिका खड्का आइतबार पक्राउ परेकी छन्।
आइतबार उनलाई प्रहरीले नेकपाको सचिवालय बैठक चलिरहेको स्थान काठमाडौंको कोटेश्वरस्थित पेरिसडाँडाबाट पक्राउ गरेको छ।
खड्काले पेरिसडाँडामा धर्ना दिने तयारी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पेरिसडाँडामा प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुको बैठक बस्ने थाहा पाएपछि खड्का त्यहाँ पुगेकी हुन्।
उनले मुख्यमन्त्री राई आफ्नो श्रीमान भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन्। तर, आरोप प्रमाणित गर्ने प्रमाण नपुगेको भन्दै उनले गएको बिहीबार सो मुद्दा फिर्ता लिएकी थिइन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment