कोरोनाबाट मृत्यु भएका जैसवालको अंग निकालिएको हो? वीर अस्पतालको यस्तो प्रष्टीकरण

डिसी नेपाल
६ असोज २०७७ २१:१६

काठमाडौं। केन्द्रीय कारागारमा रहेका बुटवलका रामलखन जैसवालको निधन भएको गएको शनिबार राजधानी काठमाडौंस्थित वीर अस्पतालले जनायो। उनको कोरोना परीक्षणको रिपोर्ट सोमबार आउँदा उनी कोरोना पोजेटिभ रहेको पुष्टि भयो।

यता मंगलबार भने एक सनसीपूर्ण भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बन्यो। १०० ग्रुपका बब्लु गुप्ताले लाइभ गरेको भिडियोमा मृतक जैसवालका आफन्तले उनको मृत्यु नभई हत्या गरिएको उल्लेख गरेका थिए। मोबाइलबाट लाइभ सो भिडियोलाई विभिन्न यूट्युब च्यानलहरुले आँखा निकालिएकाे, किड्नी निकालिएको भन्दै सनसनीपूर्ण बनाएपछि यो भिडियो भाइरल बन्दा वीर अस्पताल भने तनावमा पर्यो।

वीर अस्पतालका निर्देशक डा केदार प्रसाद सेन्चुरीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै भिडियोमा दावी गरिए जस्तो केही नभएको बताएका छन्। उनले अस्पतालमा ल्याउँदा नै उनको मृत्यु भइसकेको अस्पतालले जानकारी गराएको बताएका छन्। उनले शवमा र्याल देखिनु, शरीर सुन्निनु स्वभाविक भएको बताएका छन्। उनले शवगृहमा रहेको तीनदिनपछि यस्तो हुनु सामान्य रहेको बताएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *