‘सरकारले उपलब्धि गरे पनि किन आलोचना ? : मानन्धर

डिसी नेपाल
१० असोज २०७७ २३:२६

काठमाडौं। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारले धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि आलोचना मात्र भएको बताएका छन्। साधना कला केन्द्रद्वारा शनिबार आयोजित कार्यक्रमा जनताका पक्षमा धरै काम गरे पनि अनावश्यकरुपमा आलोचना हुने गरेको गुनासो गरेका हुन्।

कोभिड–१९ को महामारी रोकथाम गर्न जनताको साथको साथ आवश्यक रहेको उल्लेख गर्दै उनले भने, “कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी काम गर्न जनताको साथ अपरिहार्य छ।” करिब १० लाखको पिसिआर परीक्षण गर्दा राज्यको ठूलो रकम सकिएको तर नियन्त्रणमा ल्याउन कठिनाई भएको उनको तर्क थियो ।

सो अवसरमा मन्त्री मानन्धरले साधना कला केन्द्रले अनलाइनमार्फत आयोजना गरेको गायन प्रतियोगिताका विजेतालाई पुरस्कृत गरेका छन्। जसमध्ये प्रथम पुरस्कार ललितपुरकी कलाकार रुपा सापकोटाले प्राप्त गरेकी छन्।

दोस्रो पुरस्कार दोलखाकी ममता तामाङ, तेस्रो पुरस्कार विराटनगरका डा. मन्जिल श्रेष्ठ र सान्त्वना पुरस्कार काठमाडौँका विमल रुचाल र निषादरत्न तुलाधरले प्राप्त गरेका छन्। साधना कला केन्द्रले आयोजना गरेको गायन प्रतियोगितामा अनलाइन माध्यमबाट विभिन्न १३ देशमा रहेका कलाकारले सहभागिता जनाएका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *