‘डाक्टर पनि कोरोनाका विरामीहरुलाई हेर्न नपाएको भए झैं गर्छन्’

डिसी नेपाल
११ असोज २०७७ ८:२२
24
Shares

म कामको शिलशिलामा हेटौंडा गएको थिएँ। हेटौंडाबाट फर्किने बेला हरिवनमा बैंकको म्यानेजर सरले चिया खाएर जानुस भन्नु भयो। मैले उहाँकोमा चिया खाएँ। म घर तिर लागेँ। त्यहाँबाट घरतिर हिँडेको २ घण्टापछि ज्वरो आउला झैं भयो। घर पुगेपछि फ्रेस भएँ।

मलाइ ज्वरो धेरै आयो। करिव ४ दिन मलाइ निकै ज्वरो आउँदा पनि घरमै सुतेँ। करिव ४ दिनपछि मलाइ हरिवनमै चियाँ खुवाउने भाइले आफू कोरोना पोजेटिभ भएको सुनाए। हामी पनि चेकअप गर्न गयौं। म श्रीमती र छोरीलाई कोरोना पोजेटिभ देखियो।

कोरोना केही पनि होइन भन्ने चलन छ। कोरोना केहीपनि होइन भन्ने र विषेश गरी औषधि खाइरहनु पर्ने विमारीहरुका लागि कोरोना केही हो है भन्ने लागेको छ। बेलैमा ध्यान पुर्याइएन भने कोरोनाले ज्यान पनि लिन सक्छ।

हाम्रो घाँटीमा कोरोनाको प्रवेश भएपछि पाचन नलीमा पठाउने की श्वास नलिमा भन्ने कुरामा ध्यान दिनु पर्छ। श्वास नलिमा गएपछि फोक्सोमा पुग्छ र हामीलाई असर गर्छ। म पनि सुगरको र प्रेसरको औषधि खान्छु।

मलाइ कोरोना पोजेटिभ भएपछि श्वास फर्न गाह्रो भयो। म अस्पतालमा गएँ। केटाकेटी यही बसे। साथिहरुले कोरोना ८ दिनपछि कमजोर हुन्छ भन्ने सुनाउनु हुथ्यो तर मलाइ ९ दिनपछि श्वास फेर्न गाह्रो भएको हो।

डाक्टरहरुले पनि कोरोनाको बिमारीलाई नहेर्न पाएको भए झैं लगाउँछन्। म जहाँ बसे त्याँहाको कुरा गरेको हो। डाक्टर भनेको सेवामुलक पेसा हो। सेवा भनेको अडर गर्ने हैन। डाक्टरहरुलाई दिइएको सुरक्षाका सामग्रीहरुले र उहाँहरु आफैं जान्ने भएको हुँदा पनि उहाँहरुको जर्नेल प्रवृति मलाइ मन परेन।

अस्पतालमा पुग्दा मैले अस्पतालको आइसोलेसन सोचे जस्तो पाइन। हाम्रो परिकल्पना भन्दा धेरै भिन्न हुँदो रहेछ अस्पतालको आइसोलेसन र व्यवस्था। भित्तामा फोन नम्बर टाँसेको छ। डाक्रलाई फोन गर्यो फोन उठ्दैन। डाक्रहरु आउँछन् सकेसम्म नछुन पाएको भए झै गर्छन।

टाढैबाट यसो र उसो गर्नुहोस् भन्दै अडर दिन्छन। अरु साथीहरुबस्ने अस्पतालमा पनि त्यस्तै हो की थाहा भएन तर म बस्ने अस्पतालको अनुभव सुनाउँदै छु।

म आफै अग्रसर भएँ। मैले विमारीलाई योगा सिकाउन थाले। मैले भजन कृतन लगाएर विमारीहरुलाई नचाउन थाले। म आफै पनि विमारी भएका कारण केही कुराको अनुभव भएको थियो।

कोरोना संक्रमति भएका बेला आफ्नो मनलाई बलियो र कोरोना भन्दा धेरै टाढा राख्न सकेको खण्डमा राम्रो हुने मैले बुझेको थिएँ। आफू पनि भूलिन र उहाँहरुलाई पनि भूलाउन मैले त्यस्तो काम गरेँ। ३ दिनपछि मेरो श्वाब टेस्ट भयो र ४ दिनका दिन मेरो रिपोर्ट नेगेटिभ आयो र म घर फर्के।

कोरोनाको अर्को अचुक औषधि भनेको समाजमा कोरोना संक्रमितहरुलाई माया, हौसला र सदभावको खाचो रहन्छ। हामीले जति माया गर्छौ जति हौसला बढाउँछौ त्यति उसमा आत्मबल आउँछ र कोरोना जित्न सफल हुन्छ।

हामीले कोरोनाका संक्रमितहरुलाई विरताका कथाहरु पढाउनु पर्छ। हाम्रा पूर्खाहरुले कसरी जिते, कसरी लडे, यत्रा यत्रा दुश्मनहरुलाई त हामीले जित्यौं भने यो कोरोना त केही पनि होइन। यो कोरोनालाई हामीले जित्न सक्छौं भनेर उनीहरुको मनोबल पनि उच्च बनाउनु पर्छ। तर अस्पतालहरुले त्यस्तो गरेको देखिएन।

मैले फेसबुको स्टाटसहरु हेर्थे पहिला पहिला लेखेको हुन्थ्यो, ‘यदि तपाईँलाई कोरोना लाग्यो भने अस्पतालमा फलफूल ल्याएर भेटन कोही पनि आउँदैनन्।’ तर मेरो घरमा फलफूल कुहिएको छ। दिनमा २० जना साथीहरुले मलाइ भेटन आउँथे। टाढैबाट हामी भेट गथ्र्यौं।

उहाँहरुले हौसला प्रदान गर्नु हुन्थ्यो। भन्न पनि अफ्ठेरो लागेको कुरा मेरो छिमेकीले झ्यालमा समेत टिन लगाउनु भयो। एक जना छिमेकी त अहिलेसम्म पनि बोल्न सक्नु भएको छैन। सहयोग गर्ने कुरा त सपना भयो ।

त्यो त सोच्दै नसोच्नुहोस्। झ्यालमा टिन लगाएर झ्याल थुन्नु भयो भनेपछि कुरा बुझिन्छ उहाँहरुलाई कस्तो परेको थियो होला भन्ने कुरा। उहाँहरुले बुझ्नु भएको कुरा गलत हो। उहाँहरु जस्तै छिमेकी र समाज भएका कारण कोरोना संक्रमितको मृत्यु हुने गरेको झै लाग्यो।

डाक्टरहरुले पनि कोरोनाको बिमारीलाई नहेर्न पाएको भए झैं लगाउँछन्। म जहाँ बसे त्याँहाको कुरा गरेको हो। डाक्टर भनेको सेवामुलक पेसा हो। सेवा भनेको अडर गर्ने हैन। डाक्टरहरुलाई दिइएको सुरक्षाका सामग्रीहरुले र उहाँहरु आफैं जान्ने भएको हुँदा पनि उहाँहरुको जर्नेल प्रवृति मलाइ मन परेन।

उहाँहरुले विमारीलाई ज्वरो नाप, अर्को चिज गर भनेर दिएको अडर सुनेर मलाई त डाक्टरहरुले कोरोनाका विमारीहरुलाई गर्ने व्यवहारले पनि कोरोनाका विमारीहरु हतोत्साहित हुने गरेको बुझेँ। सेवामुलक काम गर्ने मान्छेले धेरै विचार पुर्याउनु पर्छ। अर्डरमुलक सेवा हैन भनेर बुझिदिनु पर्यो भन्ने मलाइ लाग्यो।

मलाइ कमजोर बनाएको अनुभव गरेँ। नियमित योगा गर्ने। तातोपानी खाने। समाजमा सबैले मिलेर भौतिक दुरी कायम गरेर सामाजिक सदभाव कायम गरेर बस्ने। डिटोलले आफू बसेको कोठा सफा गर्नुहोस्। नियमित नुहाउनुहोस्। कुनै चिन्ता नगर्नुहोस। रामायण, महाभारत, विरताका कथा पढ्नुहोस्। आत्मबल बढाउनुहोस्। आत्मबलमात्र यसको अचुक औषधि हो।

प्रस्तुती : तर्कबहादुर थापा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *