बार्सिलोना छाडेर पछुताए नेयमार, बार्सिलोना फर्कने चाहाना

डिसी नेपाल
१ कार्तिक २०७५ १५:३२

एजेन्सी । स्पेनको एक पत्रिकाले बार्सिलोना छाडेपछि ब्राजिलियन फरवार्ड नेयमारलाई पश्चाताप भईरहेको दाबी गरेको छ ।

स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोले बिहिबार आफ्नो अनलाइन संस्करणबाट बार्सा छाडेपछि नेयमारलाई पछुतो भईरहेको दाबीसहित खबर छापेको हो ।

२५ बर्षीय नेयमार गत सिजन बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका थिए । विश्वका सर्वाधिक महंगा खेलाडी बनेका नेयमारको लागि पिएसजीले कीर्तिमानी मूल्य १८९ मिलियन पाउण्ड तिरेको थियो ।

तर, नेयमार पिएसजीमा खुसी नरहेको र उनलाई पछुतो भईरहेको मुन्डो डिपोर्टिभोले जनाएको छ ।

यस्तै पत्रिकाले नेयमार बार्सिलोना फर्कन चाहिरहेको समेत दाबी गरेको छ । डिपोर्टिभोले नेयमार बार्सिलोना फर्कने सम्भावना भने निकै कम रहेको भएपनि क्लबले अनुबन्ध गर्न सक्ने जनाएको छ ।

त्यस्तै डिपोर्टिभोले सिजनको अन्त्यपछि सम्झौता अन्त्य गर्न नेयमार र पिएसजी सहमत भएको समेत दाबी गरेको छ ।

पिएसजी छाडे नेयमार इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड जान सक्ने बताईएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *