प्राधिकरणका कर्मचारीले जथाभावी बोटविरुवा काटेको भन्दै स्थानीय आक्रोशित
नुवाकाेट। विद्युत प्राधिकरणका कर्मचारीले जथाभावी बोटविरुवा,फलफुलका बोट काट्ने गरेको भन्दै नुवाकोटका स्थानीयहरु आक्रोशित भएका छ्न्। बिजुलीको तारलाई जोगाउन भन्दै मनलाग्दी बोटबिरुवा काट्ने गरेको स्थानीयले गुनासो गरेका हुन्।
बिजुलीको तारलाई छोएको फलफूलको हाँगा आफैंले जोगाएर काट्दा समेत प्राधिकरणका कर्मचारीले मनलाग्दी गर्ने गरेको उनीहरुको आरप छ।
उनीहरु भन्छ्न्, ‘मनलाग्दी गर्नु पनि हद हुन्छ, यसरी फलफूलको नास गर्न पाइँदैन।’ दशैंलाई भनेर जोगाएको फलफूलको बोट जरैबाट उखाल्दिएको भन्दै उनिहरुले विराेध जनाएका हुन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment