उपत्यकामा थप ८१७ संक्रमित, एकको मृत्यु

डिसी नेपाल
१२ असोज २०७७ १६:४९

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै ललितपुरका १ सय ३२ र भक्तपुरका ३६ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप एक जनाको मृत्यु भएको छ । भक्तपुरकी ५१ वर्षीय महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.