मैले माल मागेकी हुँ तर माल भनेको सिगरेट हो : दीपिका
नयाँ दिल्ली (एजेन्सी)। ड्रग्स च्याट सार्वजनिक भएपछि भारतीय नार्कोटिक्स विभागको चंगुलमा फसेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले आफूले च्याट गरेको स्वीकार गरेकी छन्। तर, आफूले च्याटमा माल भनेको ड्रग्स नभएर सिगरेट भएको बताएकी छन्।
भारतीय सञ्चार माध्यमहरुका अनुसार नार्केटिक्स विभागसँगको बयानमा दीपिकाले माल भनेको सिगरेट भएको बताएकी छन्। विभागका अधिकारीहरुले उनीसँग २०१७ को च्याटका विषयमा प्रश्न गरेका थिए। उनीहरुले माल भनेको के हो भनेर सोधेपछि दीपिकाले यस्तो जवाफ दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
च्याट सार्वजनिक भएपछि श्रद्धा कपूर, रकूल प्रितसमेत ड्रग्स केसमा तानिएका छन्। उनीहरुमाथि पनि नार्कोटिक्स विभागले अनुसन्धान गरिरहेको छ। अभिनेता सुशान्तसिंह राजपुतको शंकास्पद मृत्युबारे छानविन गर्दा उनकी पूर्व प्रेमिका रिया चर्कोवर्ती ड्रग्स केसमा फसेकी थिइन्। त्यसपछि नार्कोटिक्स बिभागले बलिउडमा ड्रग्सको प्रयोगबारे अनुसन्धान शुरु गर्दा पूरै बलिउड बदनामित भइरहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment