विवाद भएपछि यो वर्षको पद्मश्री साहित्य र पद्मश्री साधना पुस्कार रद्द
काठमाडौं। पुरस्कार प्रदान गरिएका दुबैजनाले पुरस्कार अस्वीकार गर्ने जनाएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ।
खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने यी दुबै पुरस्कार रद्द गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गरी जनाएका छन्।
उपन्यास हंसका लागि पद्मश्री साहित्य पुरस्कार पाएका सञजीव उप्रेतीले पद्मश्री साधना पुरस्कार पाएका मोदनाथ प्रश्रितसँग एउटै मञ्चबाट पुरस्कार ग्रहण नगर्ने जनाएपछि विवाद शुरु भएको थियो। साहित्यकार उप्रेतीले बलात्कारको आरोप लागेका व्यक्तिसँगै एउटै मञ्चबाट पुरस्कार नलिने बताएका थिए। त्यसपछि विवाद उत्पन्न भएको थियो।
विवाद भएपछि अप्रमाणित कुरा उठाएर आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रश्रितले सोमबार पुरस्कार नलिने घोषणा गरे। त्यसपछि उप्रेतीले पनि पुरस्कार नलिने घोषणा गरेका थिए।
प्रष्ठिानका अध्यक्ष लामिछानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘नियमित रूपमा अर्पण गरिँदै आएको पद्मश्री साधना सम्मान र पद्मश्री साहित्य पुरस्कार यस वर्ष पनि मिति २०७७।०६।११ मा घोषणा भएपछि केही विवाद र अहसज परिस्थिति सिर्जना भएको तथा सम्मानित र पुरस्कृत दुवै प्रतिभाले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेको असहज परिस्थितिमा उहाँहरुको इच्छालाई विनम्रतापूर्वक कदर गर्दै यस वर्ष अर्पण गरिने पूर्वघोषित सम्मान तथा पुरस्कारको घोषणा आज बसेको प्रतिष्ठानको आकस्मिक बैठकले रद्द गर्ने निर्णय गरेको छ।’
https://www.facebook.com/permalink.php?story_fbid=1639325382942722&id=100005958273979
No ads found for this position


डिसी नेपाल
Facebook Comment