अदालतको अवहेलना गरेको आरोपमा प्राध्यापक खगेन्द्र लुइँटेलविरुद्ध सर्वोच्चमा उजुरी
प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल। तस्वीर : लुइँटेलकाे फेसबुकबाट।
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा कार्यरत प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलविरुद्ध सर्वाेच्च अदालतमा उजुरी परेको छ। अदातलतको अवहेलना गरेको आरोपमा उनीविरुद्ध १२ गते उजुरी परेको हो।
लुइँटेलविरूद्ध काठमाडौँ महानगरपालिका वडा नं. ३२ बस्ने अधिवक्ता मुकुन्दप्रसाद भट्टराईले उजुरी दिएका हुन्। भट्टराईले अदालत तथा प्रधानन्यायधीश र न्यायधीशउपर जनतामा भ्रम छर्ने उद्देश्यले अभिव्यक्ति दिएको भन्दै उजुरी दिएका हुन्।
उजुरीमा जसको श्री नै छैन, ती कसरी श्रीमान् भए? न्यायलयमा न्याय पाउन छाएिको छ, न्याय पैसाको भरमा बकिेको छ, अहिलेका प्रधानन्यायाधीश र तिनको टीम कलंकित छ। संवैधानिक इजलासबाट यस्तो असंवैधानिक फैसाला दुनियाँमा कसैले गर्छ? ती न्यायाधीशहरु भ्रष्ट हुन्, यस्ता भ्रष्ट न्यायाधीशलाई हामी सम्मान गर्दैनौं जस्ता अर्मादित शब्द प्रयोग गरिएको उल्लेख छ।
लुइँटेलले २०७४ सालको डब्लुओ २०५५४ को निवेदक भरतकुमार बस्नेतविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौँसमेत भएको उत्प्रेरणा परमादेश मुद्दाका विरुद्ध बारम्बार अदालत तथा प्रधानन्यायधीश र न्यायधीशउपर जनतामा भ्रम छर्दै आएको, एभरेष्ट नेपाल अनलाइन डटकम नामक युट्यूव च्यानलमा सर्वोच्चको फैसलाको बिरोध गर्दै अमर्यादित र आपत्तिजनक शब्द र वाक्य प्रयाेग गरेको आराेप लगाइएकाे छ।



No ads found for this position

डिसी नेपाल
Facebook Comment