साउनको तेस्रो सोमबार: शिवालयहरूमा भक्तजनको भीड, शिवको विशेष पूजाआराधना

डिसी नेपाल
१८ साउन २०८३ ७:१३

काठमाडौँ। साउन महिनाको तेस्रो सोमबार आज हिन्दू धर्मावलम्बीहरूले भगवान् शिवको पूजाआराधना गरी मनाउँदै छन्। साउन महिना र विशेष गरी सोमबारलाई शिव उपासनाका लागि वर्षकै पवित्र समयका रूपमा लिइन्छ।

आजका दिन बिहानैदेखि देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको बाक्लो उपस्थिति र पूजाआजा भइरहेको छ। साउनको सोमबार ब्रत बसी शिवको पूजाआराधना गर्दा पारिवारिक सुख, शान्ति, मनोकांक्षा पूरा हुने र विशेष फल प्राप्त हुने जनविश्वास रहेको छ।

विशेष गरी महिलाहरूले हरियो, पहेंलो वस्त्र र चुरा-पोतेमा सजिएर शिवको जल्याभिषेक तथा पूजाआजा गर्ने गर्दछन्। काठमाडौँको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर लगायत देशका विभिन्न शिव मन्दिरहरूमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *