सुशान्त सिंह राजपुतको भिसरा परीक्षणको रिपोर्ट आयो

डिसी नेपाल
१३ असोज २०७७ १२:५६

मुम्बइ। अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)को विशेषज्ञ टिमले सुशान्त सिंह राजपुतको भिसरा परीक्षणको रिपोर्ट सीबीआइलाई बुझाएको छ । मिडिया रिपोर्टका अनुसार टिमले भिसरामा कुनै पनि किसिमको विष पाएको छैन । सुशान्तको अटोप्सी रिपोर्टको जाँचको लागि २१ अगष्टमा डा. सुधीर गुप्ताको नेतृत्वमा एम्सका ५ डाक्टरको टिम बनाइएको थियो । टिमले २० सेप्टेम्बरमा रिपोर्ट सुम्पिने वाला थियो तर यसमा ८ दिन ढिलाइ भयो ।

सूत्रका अनुसार रिपोर्टमा सुशान्तको पोस्टमार्टम गर्ने मुम्बइको कूपर अस्पतालाई क्लिनचिट दिइएको छैन । खासमा कूपर अस्पतालका डाक्टरले सुशान्तको अटोप्सी गरेका थिए । पछि यसको तरिकामाथि प्रश्न उठेको थियो । सुशान्तको घाँटीमा बनेको चिन्हबारे रिपोर्टमा केही बताइएको थिएन । यहाासम्म कि मृत्युको समयबारे पनि केही उल्लेख थिएन । यसअछि सीबीआइले यसको जाँच एम्समा गराउने निर्णय गरेको थियो ।

एम्सले सुशान्तको केवल २० प्रतिशत भिसराको आधारमा रिपोर्ट तयार गरेको हो । बाँकी ८० प्रतिशत भिसरा मुम्बइ पुलिसले आफ्नो जाँचमा प्रयोग गरिसकेको थियो । सुशान्तको शव १४ जूनमा उनको बान्द्रास्थित फ्ल्याटमा पंखामा झुण्डिएको भेटिएको थियो । करिब ३ महिना पहिले मुम्बइ पुलिसले पनि भिसरा रिपोर्ट जारी गरेको थियो । पोस्टमार्टमपछि सुशान्तको भिसरा जाँचको लागि कालीना फरेन्सिक ल्याबलाई दिइएको थियो । ल्याबले आफ्नो रिपोर्टमा दिवंगत अभिनेताको शरीरमा कुनै पनि किसिमको विष वा रसायन नपाइएको बताएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.