अमेरिकाको राजदूतमा डा. खतिवडा, बेलायतमा रेग्मी सिफारिस

डिसी नेपाल
१५ असोज २०७७ १२:१८

काठमाडौं। सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकको राजदूतमा सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका डा. खतिवडालाई अमेरिकाका लागि राजदूत सिफारिस गरेको हो। यसैगरी बैठकले निर्वतमान मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।

रेग्मीले बिहीबार मात्रै मुख्य सचिवबाट राजीनामा दिएका थिए। सरकारले मुख्य सचिवमा शंकरदास बैगारीलाई नियुक्त गरेको छ।
हाल अमेरिकाको राजदूतमा डा. अर्जुन कार्की र बेलायतको राजदूतमा दुर्गाप्रसाद सुवेदी छन्। सरकारले उनीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ। यसैगरी सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि राजदूत सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *