कुवेतका अमिरको निधनप्रति राष्ट्रपतिद्वारा शोक व्यक्त
फाइल तस्वीर
काठमाडौं । राष्ट्रपति विद्योदवी भण्डारी कुवेतमा अमिर शेख नवाफ अल–अहमद अल–जबेर अल–शबाहको निधप्रति शोक व्यक्त गरेकी छन्। राष्ट्रपति भण्डारीले आज एक सन्देश पठाउँदै उनको निधनमा दुःख व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
उक्त सन्देशमा राष्ट्रपतिले कुवेतका राजपरिवारका मानिसहरु तथा कुवेती नागरिकप्रति समवेदना प्रकट गरेकी छन्। यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो समकक्षी कुवेतका प्रधानमन्त्री शेख शबाह अल–खलिद अल–अहमद अल–शबाहलाई अमिरको निधनप्रति शोक सन्देश पठाएको मन्त्रालयले जनाएका छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment