सुपरहिरो फिल्मका लागि प्रशिक्षण लिँदै कटरिना
मुम्बइ। बलिउड अभिनेत्री कटरिना कैफले आफ्ना मित्र अली अब्बास जाफरसँग मिलेर सुपरहिरो फिल्ममा काम गर्ने भएकी छिन् । फिल्म के हुनेछ र यसमा कसरी काम गरिनेछ भन्ने पूरा जानकारी आइसकेको छैन । चर्चाका बीच अली अब्बास जाफर एक अन्तर्राष्ट्रिय टिम हायर गर्नको लागि दुबइ पुगेका छन् । हिन्दूस्तान टाइम्ससँगको कुराकानीमा जाफरले यो फिल्मसँग सम्बन्धित रोचक कुराहरु खुलासा गरेका छन् ।
जाफरले भने ‘कटरिनाले फिल्मको लागि आफ्नो शारीरिक प्रशिक्षण सुरु गरेकी छिन् । फिल्मलाई अहिलेसम्म दुई भागमा बनाउने सोचिरहेका छौं ।’ महामारीको स्थितिमा सुधार हुँदै गएमा जनवरीदेखि फिल्मको सुटिङ सुरु गरिने उनले बताए । जाफरका अनुसार सुटिङ सुरु हुनुभन्दा पहिले कटरिनाले कामका विषयमा केही प्रतिबद्धताहरु पूरा गर्नेछिन् । उनले प्रशिक्षण सुरु गरे पनि अरु केही प्रतिबद्धता पनि भएको र ती पूरा गरेपछि उनले सुपरहिरो फिल्ममा काम सुरु गर्ने जाफरले बताए ।







डिसी नेपाल








Facebook Comment