ध्रुव प्रसाद अम्गाईको ‘तिमीलाई सन्देश’ सार्वजनिक [भिडियो]

डिसी नेपाल
१८ असोज २०७७ ११:५१

काठमाडौं । दशैँ–तिहारको पूर्व सन्ध्यामा गीतकार ध्रुव प्रसाद अम्गाईको परदेशीको पीडा समेटिएको ‘तिमीलाई सन्देश’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा सङ्गीतकार सुनिल मास्केको सङ्गीत, प्रदिप श्रेष्ठको सङ्गीत संयोजन र हेमन्त कान्छा रसाईलीको स्वर सुन्न सकिन्छ। भिडियो युवराज वाइबाको निर्देशनमा तयार भएको हो । जसमा निश्चल पौडेलको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ । भिडियोमा गीतका गायकसमेत रहेका हेमन्त कान्छा र रेनु पुन मगरले अभिनय गरेका छन्।

परदेशी युवकले दशैं–तिहारमा घर आउन नपाएको तर मन परिवारमै भएको हृदयस्पर्शी सन्देश भिडियोमा व्यक्त भएको छ । खासगरी आफ्नी अर्धाङ्गिनी र बाबुआमालाई पत्र मार्फत उसले पठाएको सन्देश यथार्थपरक, समसामयिक र मन छुने किसिमको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.