नेकपा सचिवालय बैठक स्थगित
फाइल तस्वीर
काठमाडौँ। आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित भएको छ। शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार,सचिवालय र सुरक्षा टोलीका सदस्यसहित ७० जनाभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
कोरोना भाइरसको संक्रमणका कारण बैठक स्थगित भएको हो। पछिल्लो समय सरकारले गरेको राजनीतिक नियुक्तबारे पार्टीमा प्रश्न उठेपछि बैठक बोलाइएको थियो।
कोरोना भाइरस संक्रमणकै कारण प्रधानमन्त्री ओलीले अत्यावश्यक बाहेकका भेटघाट समेत स्थगित गरेका हुन्।आगामी बैठकको मिति भने तय गरिएको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment