कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अजाेस २५ गतेसम्म स्थगित

डिसी नेपाल
१८ असोज २०७७ १४:५२
12
Shares

काठमाडौंं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २५ गते सम्मका लागि स्थगित भएको छ। यसअघि असोज १९ का लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी जिज्ञप्ति जारी गरी असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहेका केही व्यक्ति तथा काठमाडौं बाहिर परीक्षण गरेका केन्द्रीय सदस्यहरु रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएकोले स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह २.०० बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेर असोज २५ गते दिउँसो २.०० बजेका लागि निर्धारित गरिएको जनाइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएकाे छ।

कोभिड—१९ पोजिटिभ देखिनु भएका केन्द्रीय सदस्य, आमन्त्रित सदस्य एवं अन्य सबैको शिध्र संक्रमण मुक्तिका लागि कांग्रेसले कामना गरेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *