अपडेटः कालिगण्डकीमा हाम फालेकी महिलाको सकुशल उद्धार

डिसी नेपाल
१८ असोज २०७७ १८:३७
20
Shares

पाल्पा। आइतबर दिउँसो कालिगण्डकीमा हाम फालेकी महिलाको प्रहरीले सकुशल उद्धार गरेको छ। हाम फालेको स्थान देखी अन्दाजी १५ सय मिटर तल सकुशल अवस्थामा फेला पारी रामपुर अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पा रामपुर नगरपालिका वठा नम्बर ५ बेझाडकी ३७ वर्षीया की शर्मिला तिवारीले आइतबर दिउँसो कालिगण्डकीमा हाम फालेकी थिइन्।

पाल्पा जिल्ला रामपुर नपा ६ तिलपुरस्थित पाल्पा रामपुर र स्याङ्जा चापकोट सिमानामा रहेको पक्कि पुलबाट कालिगण्डकी नदिमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

हामफालेको सूचना प्राप्त हुन साथ खोजतलास तथा अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटिएको थिया थप विवरण आउन बाँकी रहेको पनि जिप्रका पाल्पाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *