कर्णालीमा चार हजार सङ्क्रमित, तीन हजार सङ्क्रमणमुक्त
कर्णाली । दिनहँु कोरोना सङ्क्रमित बढ्ने क्रमसँगै आइतबार पनि कर्णालीमा ६१ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यद्यपि आज २० जना मात्र कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
कर्णाली प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा ५८ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन गरी ६१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शिक्षा शाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।
“६१ व्यक्ति थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या तीन हजार ८४१ पुगेको छ”, कँडेलले भने, “तीन हजार ११० व्यक्ति भने सङ्क्रमणमुक्त भएका छन् ।” सङ्क्रमितमा सुर्खेतका ५२, दैलेखका छ तथा कालीकोट, जाजरकोट र रुकुम(पश्चिम)का एकएक व्यक्ति रहेको उनले बताए।
अधिकृत कँडेलका अनुसार पछिल्लो २४ घण्टामा सुर्खेतमा कोरोना सङ्क्रमण पुष्टि हुनेमा कन्ट्याक्ट ट्रेसिङमा परेका ४८, एनसिसी बैंकका चार, विद्यार्थी दुई तथा आँखा अस्पताल, नेपाल टेलिकम, व्यापार र मजदूरी क्षेत्रका एकएक व्यक्ति छन् । दैलेखमा भने तीन नागरिकमा सङ्क्रमण देखिएको उनले जनाएका छन् ।
No ads found for this position


Facebook Comment