रिया चक्रवर्ती र उनका भाइ शोविकको हिरासत अवधि थपियो

डिसी नेपाल
२० असोज २०७७ १५:१६
700
Shares

मुम्बइ। अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ शोविकको हिरासत अवधि थपिएको छ । ड्रग्स केसमा मुम्बइको जेलमा रहेका दुवैको हिरासत अवधि थपिएको हो । आज अर्थात ६ अक्टोबरमा यी दुईको हिरासत अवधि सकिँदै थियो । तर, अब भने उनीहरु कम्तीमा अझै २ हप्ता जेलमै बस्नुपर्नेछ । मंगलबार मुम्बइ सेसन कोर्टले रिया र उनका भाइ शोविकको हिरासत अवधि १४ दिन थपेर अक्टोबर २० सम्म पुर्याएको छ ।

रिया र शोविकलाई ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले पक्राउ गरेको थियो । उनीहरु भायखाला जेलमा छन् । उनीहरुले कैयौं पटक अदालतमा जमानतको आवेदन गरेका छन् तर हरेक पटक उनहिरुको आवेदन अदालतले खारेज गरिदिएको छ । एनसीबीले ८ सेप्टेम्बरमा रियालाई पक्राउ गरेको थियो । त्यसपछि एनसीबीले लगातार अन्य सम्बन्धित व्यक्तिहरुलाई पनि गिरफ्तार गरिरहेको छ । ड्रग्स केसमा एनसीबीले २० जनालाई गिरफ्तार गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.