यी हुन् बलात्कारको घटना गुपचुप मिलाउने, जसले गर्दा अर्की बालिकाको हत्या भयो

डिसी नेपाल
२० असोज २०७७ १८:३१
1.7k
Shares

काठमाडौं। बलात्कारको घटना गाउँमै मिलाएको आरोपमा बझाङको मष्टा गाउँपालिकाका ६ जना पक्राउ परेका छन्। उनीहरुले पहिलो बलात्कारको घटना गाउँमै मिलाउँदा सो घटनाका पीडक राजेन्द्र बोहोराले अर्को बलात्कारको घटना गराई पीडितको हत्यासमेत गरेका थिए।

राजेन्द्र स्थानीय १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेका थिए। सो हत्यापछि उनले गराएको यसअघिको बलात्कारको घटना सार्वजनिक भएको थियो। राजेन्द्र भने हाल प्रहरी हिरासतमा छन्।

बझाङ मष्टा गाँउपालिका वडा नं २ खिकाला घट्टमा साउन २९ गते घटेको जबरजस्ती करणीको घटना प्रहरी कार्यालयमा खबर गर्न नदिई, घटना ढाकछोप गरि गाँउघरमा सहमती र मिलापत्र गराउने कार्यमा संलग्न ६ जना व्यक्तिहरुलाई जिप्रका बझाङले सोमबार गते पक्राउ गरी ‘जबरजस्ती करणी मुद्दामा कसुरको प्रमाण दबाएको’ अभियोगमा म्याद थप गरि थप अनुसन्धान अगाडी बढाएको छ।

प्रहरीले मष्टा गाँउपालिका वडा न ३ बस्ने बर्ष २४ को झलक दमाई, मष्टा गाँउपालिका वडा न २ बस्ने बर्ष ४५ को लाल बहादुर बोहरा, सोही स्थानका बर्ष ५७ को धनचढी बोहरा, बर्ष ४५ की थमकला दमाई, ५७ को पिरु दमाई र बर्ष ५५ को गल्फे बोहरालाई पक्राउ गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *