रिया चक्रवर्ती जेलबाट छुटिन्, भाइ जेलमै

डिसी नेपाल
२१ असोज २०७७ १२:५७
784
Shares

मुम्बइ। एक महिना हिरासतमा रहेपछि बलिउड अभिनेत्री रिया चक्रवर्ती अन्ततः जमानतमा छुटेकी छिन् । भाइ शोविक चक्रवर्तीको भने जमानतको आवेदन खारेज भएको छ । बाम्बे हाइकोर्टले रियालाई सशर्त जमानत दिएको हो । सुशान्तका स्टाफ म्यानेजर सामुएल मिराण्डाले पनि जमानत पाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोले भने अदालतले दिएको जमानतविरुद्ध अपिल गर्ने बताएको छ ।

रियालाई एक लाख रुपैयाँ धरौटीमा छाडिएको हो । रियाले अदालतमा पासपोर्ट बुझाउनु पर्नेछ र उनले मुम्बइ बाहिर जानको लागि अदालतको अनुमति लिनु पर्नेछ । सोधपुछका लागि बोलाएको समयमा उपस्थित हुनुपर्नेछ । रियालाई एनसीबीले ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.