डा. केसीसँगको वार्ता सकरात्मक

डिसी नेपाल
२२ असोज २०७७ २०:५७
92
Shares

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका अभियन्ता प्राडा गोविन्द केसी र सरकारी टोलीबीच भएको वार्ता सकरात्मक भएको जनाइएको छ। शिक्षा सचिव गोपीनाथ मैनाली नेतृत्वको सरकारी वार्ता टोली र डा. जीवन क्षेत्री नेतृत्वको डा. केसीका प्रतिनिधिबीच बिहीबार दुई चरणमा वार्ता भएको छ।

अहिले अबेर सिंहदरबारमा सकिएको वार्ता सकरात्मक रहेको डा. केसी निकट स्रोतले जनायो। स्रोतले भने, ‘सहमति भइसकेको छैन, तर वार्ता सकरात्मक छ। अहिले आन्तरिक छलफल गर्न ब्रेक लिइएको छ।’ स्रोतले अब भोलि फेरि वार्ता हुने जानकारी दिएको छ।

विभिन्न ६ बुँदे माग राखी प्राडा केसीले अनशन शुरु गरेको बिहीबार २५ दिन पुगेको छ। सरकारले २४ औं दिनमा बुधबार वार्ता टोली गठन गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *