जुत्तामा सुन लुकाएर कार हाँकेपछि…
काठमाडौं। प्रहरीले एक किलो अबैध सुनसहित दाङबाट तीन जनालाई नियन्त्रणमा लिएको छ। दाङको लमही नगरपालिका ९ अमलियास्थित पूर्वपश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा सुनसहित प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घोराही नगरपालिका १५ का सुवास श्रेष्ठले चलाई राखेको प्रदेश ३–०१०२३ च ३२६१ नम्वरको सेतो क्रेटा कारलाई प्रहरीले चेकजाँच गर्ने क्रममा कारमा सवार सोही नपाका सम्मान श्रेष्ठले लगाएको दायाँ खुट्टाको जुत्ताको तलामा लकाएर राखेको अवस्थामा एक किलो सुन फेला परेको हो।
उनको साथबाट एक किलो ग्राम सुन र सुन जस्तोदेखि एक थान सिक्री गरि एक किलो २ तोला ३.०६ आना अवैध सुन बरामद गरेको छ। श्रेष्ठकै साथबाट पहेँलो धातु र नगद ६० हजार रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। सोही गाडीमा अर्का सवार थैव श्रेष्ठको साथबाट चाँदी जस्तो देखिने १ हजार १ सय रुपैयाँ बराबरको १ थान सिक्री र चालक सुवास श्रेष्ठको साथबाट १२ हजार २ सय ५० रुपैयाँ बरामद गरेका छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment