के सुशान्त सिंह राजपुतका फ्यानहरुसँग अक्षय कुमार डराएका हुन् ?
काठमाडौं। अक्षय कुमारको बहुप्रतिक्षित फिल्म लक्ष्मी बमको ट्रेलर रिलिज भइसकेको छ । ३ मिनेटभन्दा लामो यो ट्रेलरलाई फ्यानले सकारात्मक प्रतिक्रिया दिएका छन् । यो फिल्ममा अक्षयले पहिलो पटक तेस्रो लिंगीको भूमिका निभाएका छन् । तर, फिल्मको ट्रलरमा लाइक र डिस्लाइक नदेखिने बनाइएको छ । यो फिल्मको ट्रेलरमा फ्यानले लाइक वा डिस्लाइक गर्न त सक्छन् तर कति जनाले लाइक र कतिले डिस्लाइक गरे भन्ने देखिँदैन । यो देखेर फ्यान आश्चर्यमा परेका छन् ।
खासमा यो फिल्मको रिलिजपूर्व यो फिल्मलाई बाइकट गर्नुपर्ने माग उठेको थियो । अक्षय कुमारले केही समय पहिले सामाजिक संजालमा बलिउडमा ड्रग्सको संस्कारबारे कुरा गरेका थिए । अक्षयले बलिउडमा ड्रग्सको समस्या भएको स्वीकार गरेका थिए र उनले इण्डष्ट्रीमा हरेक व्यक्तिलाई एउटै दृष्टिले हेर्नु गलत हुने बताएका थिए । अक्षयको यो भिडियोपछि कैयौं फ्यानले अक्षयले बलिउडको बचाउ गर्न खोजेको आरोप लगाउँदै उनको फिल्म बाइकट गर्नुपर्ने माग गरेका थिए । सम्भवतः यही कारण फक्स स्टार हिन्दीले यो फिल्मको ट्रेलरमा लाइक र डिस्लाइक नदेखिने बनाएको छ ।
यसअघि पनि बलिउडमा नेपोटिज्मको बहस तीब्र हुँदा संजय दत्त, आलिया भट्ट र आदित्य रोय कपूरको फिल्म सडक २ ले डिस्लाइकको वर्षाको सामना गर्नुपरेको थियो । नेपोटिज्मका कारण सुशान्त सिंह राजपुतले आत्महत्या गर्नुपरेको विश्वस गर्ने उनका फ्यानहरुले यो फिल्मको ट्रेलरमा डिस्लाइक गर्ने अभियान नै चलाउँदा यसको ट्रेलरले १३ मिलियन भन्दा धेरै डिस्लाइकको सामना गर्नुपरेको थियो । यो कुनै पनि भारतीय फिल्मको ट्रेलरले धेरै डिस्लाइक पाएको अहिलेसम्मकै रेकर्ड हो । यसका अलावा अनन्या पाण्डे र इशान खट्टरको फिल्म खाली पीली को ट्रेलरले पनि ठूलो संख्यामा डिस्लाइकको सामना गर्नुपरेको थियो ।







डिसी नेपाल








Facebook Comment