कोरोना समुुदायमा फैलदै गएपछि पठनपाठन स्थगित

डिसी नेपाल
२५ असोज २०७७ ८:१२
52
Shares

प्युठान । जिल्लाको नौबहिनी गाउँपालिकाले शिक्षण सिकाइका क्रियाकलाप स्थगन गरेको छ। समुदायमा कारोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि बहिनीका विद्यालयका पठनपाठन कार्य स्थगन गरिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७ ले विद्यार्थीको पुहँचको आधारमा वर्गीकरण गरी पठनपाठनको विकल्पहरु प्रदान गरेको छ । कुनै पनि वैकल्पिक शिक्षण सिकाइ माध्यमको पहुँचको अभावमा रहेका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गरिरहेको भए पनि कोरोनाको जोमिख बढ्दै गएपछि पठनपाठन क्रियाकलाप स्थगन गरिएको पालिकाले जनाएको छ।

विद्यालयमा शिक्षण सिकाइका अभ्यास भइरहेको अवस्थामा गाउँपालिकास्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नौबहिनी गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले आजदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको नौबहिनी गाउँपालिकाका अध्यक्ष शिव रिजालले जानकारी दिए। नौबहिनी गाउँपालिकामा १५ सक्रिय कोरोना सङ्क्रमित रहेका छन् । उनका अनुसार सङ्क्रमितहरु यसअघि समुदायमा घुलमिल भएका व्यक्ति रहेकाले अवस्था जोखिम रहेको छ।

जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको अनुमति र निर्णयबिना धमाधम विद्यालयले पठनपाठन शुरु गरेका थिए । सरकारले वैकल्पिक शिक्षाबाट शिक्षण गराउन अनलाइन, रेडियो, टेलिभिजन, भिडियो, अडियो, नोट आदिबाट गराउन सकिने भनिए पनि प्रविधिमा विद्यार्थीको पहुँच कमी हुने भएका कारण नौबहिनीमा असोज १ गतेदेखि विद्यालयमै पठनपाठन शुरु गरिएको थियो।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *