नेकपा निकट चलचित्रकर्मी संघमा विवाद

डिसी नेपाल
२८ असोज २०७७ १९:२१

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनबर्गिय संगठन जनसांस्कृतिक महासंघको एकता पूर्णरुपमा अझै टुङिएको छैन तर यस्को घटक चलचित्रकर्मी संघमा असन्तुष्टि बढेको छ।

सातवटा घटक रहेको सो महासंघमा एकता गर्दा ३ पूर्व माओवादी र ४ पूर्व एमालेले लिने सहमती हुँदा प्रधानमन्त्रीसँग निकट मानिएका दिनेश डिसिले चलचित्रकर्मी चाँही पूर्व एमालेको भागमा पार्न लागि परेको र तत्कालिन अध्यक्ष केशब भट्टराईलाई बोर्डमा पठाउन आफूले सहयोग गर्ने र चलचित्रकर्मी संघको अध्यक्ष आफूलाई बनाउन सहयोग गर्नुपर्ने सर्त राखी भट्टराई बोर्डमा गएपछि दुबै पार्टीको संयुक्त संगठनको संयोजक बन्न सफल भएका थिए भने माओवादी पक्षले उदय सुब्बालाई सह संयोजकको रुपमा पठाएको थियो।

सिनियर चलचित्रकर्मीहरु प्राय महासंघको केन्द्रीय सदस्य भएको र चलचित्रकर्मी संघमा जुनियर चलचित्रकर्मीहरु भएकोले अहिले सो संघमा दिनेश डिसिले मनलाग्दी गरेको असन्तुष्ट पक्षको आरोप छ। असन्तुष्ट पक्षले डिसीले काम केही नगर्ने तर बिभिन्न नियुक्ति तथा पेशगत संस्थाहरुको चुनावमा बर्गीभन्दा पनि ब्यक्तिगत सम्बन्धको आधारमा महासंघका नेताहरुलाई पनि प्रभावमा पारेको आरोप लगाएको छ।

डिसीको यस्तै रबैया कायम रहने हो भने यो समस्यालाई प्रचण्डसमम पुर्याउने र सुनुवाई नभए पहिलेकै अखिल नेपाल चलचित्रकर्मी संघलाई पुनर्गठन गरी चलचित्रमा समाजवाबादी आन्दोलनलाई अघि बढाउने चेतावनीसमेत असन्तुष्ट पक्षले दिएको छ।

असन्तष्ट समूहले ८ बुँदे आरोपसमेत लगाएको छ।
यस्त छन् आरोपः

१ संयोजक डिसिले एकताको भाव दिने कुनै व्यबहार नदेखाएको ।
२ चलचित्र निर्देशक समाजको समाजको चुनावमा आफ्नो संगठनबाट अध्यक्षका लागि फरक राजनीतिक बिचारको ब्यक्तिलाई बिभिन्न प्रपञ्च गरी सघाएको तर मिडियामा आफ्नो संगठनमा योग्य ब्यक्ती नभएर अरुलाई सघाएको अभिब्यक्ती दिएकोले त्यस सम्बन्धमा समिक्षा बैठक समेत नराखेको ।
३ काम परेर सदस्यहरुले फोन गर्दा कहिले न उठाउने र कल ब्याक पनि नगर्ने।
४ कोरोना महामारी र बिपद्को समयमा सत्तारुढ दलको संगठनको हैसियतले पहल गरी सरकारी कोषबाट अप्ठेरोमा परेका चलचित्रकर्मिलाई राहत बितरण गर्नुपर्नेमा आफ्नै पीडित सदस्यहरुलाई समेत बेवस्ता गरेको ।
५ चलचित्र बिकास बोर्डको अध्यक्षमा संगठनले दयाराम दहाललाई सिफारिस गरेको भन्ने बाहिरबाट सुनेको तर संगठनमा अधिकारिक निर्णय नगरेकोले यो ब्यक्तिबादी र मनोमानी निर्णय किन मान्ने ?
६ बिकास बोर्डको सदस्यलाई आफूले ब्यक्तिगत रुपमा पठाएको सन्देश दिई बोर्ड अध्यक्षबाट आफू अनुकुल निर्णय गराएको र मावोबादीलाई पुरै बेवास्त गरिएको ।
७ बिकास बोर्डले सातै प्रदेशमा चलचित्र छायांकन स्थल समिति गठन गर्दा पनि पूर्व एमाले, राप्रपा र काँग्रेसलाई सो समितिमा राखेको तर पूर्व माओवादीलाई बेवास्ता गरिएको ।
८ बोर्डका बिभिन्न उपसमितिहरुमा पनि एक पक्षीय रुपमा आफ्ना मान्छेहरु मात्रै राखिएको हुनाले ब्यक्ति बिशेषले संगठनिक पद्धती बिपरित सिफारिस गरेको र ब्यक्ती बिशेषको चाहनामा मात्र चल्ने बिकास बोर्डका अध्यक्ष दयराम दाहाल लाई किन सहयोग गर्ने भन्ने पनि प्रश्न उठेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *