भारतबाट चल्ला माग भएपछि कुखुरा व्यवसायीलाई राहत

डिसी नेपाल
३ कार्तिक २०७७ ८:२८
276
Shares

चितवन । भारतीय बजारमा नेपालमा उत्पादित कुखुराका चल्ला माग भएपछि ह्याचरी व्यवसायीलाई राहत मिलेको छ। अवैधरुपमा भित्रिएका भारतीय चल्ला प्रहरी प्रशासनको सहयोगमा नष्ट गर्ने गरिएकामा अहिले नेपालका चल्ला भारतीय बजारले माग गरेपछि उता पठाउन थालिएको हो।

भारतमा चल्लाको अभाव भएपछि सप्लायर्सले यहाँका चल्ला भारत पठाउन थालेका हुन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोख्रेलका अनुसार सातामा २ लाख ५० हजार हाराहारीमा चल्ला भारत लान थालिएको छ। नेपालका ह्याचरीले अहिले एउटा चल्ला रु २५ देखि ३० मा बिक्री गर्ने गरेका छन् । ती चल्ला सप्लायर्समार्फत भारतमा पुग्दा भारु ५० सम्म पर्छ।

पोख्रेलका अनुसार सातामा ३५ लाख ब्रोइलर चल्ला उत्पादन हुन्छ । मासुको मूल्य नपाएपछि साना कृषकले नोक्सानी व्यहोर्नु परेको छ । घाटा खानु परेपछि कृषक चल्ला राख्न उत्साहित छैनन् । उत्पादन धेरै तर खरिदकर्ता कम भएपछि चल्लाको मूल्य पाउन नसकिएको हो।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट कोभिड १९ का कारण भारतीय सीमा क्षेत्रमा प्यारेन्ट नपाएका कारण चल्ला उत्पादन नहुँदा अभाव भएको बताए। विस्तारै यो समस्या नेपालमा पनि आउने उनको भनाइ छ। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.