विवाह गर्दै कपिल शर्मा, मिति र स्थान सार्वजनिक

डिसी नेपाल
५ कार्तिक २०७५ १२:४५

एजेन्सी । यो वर्ष बिहे गर्ने सेलेब्सको सूचीमा कमेडियन कपिल शर्माको नाम पनि समावेश हुने भएको छ। रणवीर सिंह र दीपिका पादुकोणले बिहेको मिति सार्वजनिक गरेसँगै कपिलले पनि बिहेको मिति सार्वजनिक गरेका छन्।

कपिलले आगामी १२ डिसेम्बरमा बिहे गर्ने जानकारी दिएका छन्। बिहे उनकी हुनेवाली दुल्हन गिन्नीको होमटाउन जालन्धरमा हुने बताइको छ।

कपिलले भनेका छन्, ‘हामी सामान्य तरिकाले बिहे र्ग चाहन्थ्यौं। तर, गिन्नी एक्ली छोरी हुन् त्यसैले धुमधाम बिहे हुनेछ। म उनको भावनालाई बुझ्छु । मेरी आमा पनि त्यहि चाहन्छिन् ।’

कपिलले भने, ‘जब मेरो दाईको बिहे भयो, त्यतिबेलामा मेरो राम्रो कमाई थिएन । त्यो बेला सानो जन्ती लिएर भाउजुलाई घर ल्याएका थियौं । तर, जब मेरी बहिनीको बिहे भयो, म राम्रो कमाउन थालेको थिएँ, हाम्रो स्तरअनुसार त्यो बिहे निकै धुमधाम थियो ।’

कपिल शर्माबारे अर्को समाचार के छ भने उनी छिट्टै आफ्नो शो मा देखिँदै छन्। द कपिल शर्मा शोका माध्यमबाट उनी फेरि टेलिभिजनमा देखिने तयारीमा छन् । उनी शोको शूटिंगका लागि मुम्बई पुगिसकेका छन्।

कपिलले सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गरेर शो शूटिंगबारे जानकारी दिएका छन्। उनले इन्स्टाग्राममा साथीहरुसँगको तस्वीर सार्वजनिक गरेका छ् । सो तस्वीरमा उनी निकै खुसीसमेत देखिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *