नाजिरको ‘चिलगाडी’को औपचारिक घोषणा

डिसी नेपाल
७ कार्तिक २०७७ ९:२६

काठमाडौं । फूलपातीको शुभ दिन पारेर चलचित्र ‘चिलगाडी’ निर्माणको औपचारिक घोषणा गरिएको छ । चलचित्रलाई जनकदिप पराजुलीले निर्देशन गर्ने भएका छन् ।

यम थापाले लेखेको चलचित्रमा नायक नाजिर हुसेन अनुबन्ध भइसकेका छन् भने अन्य कलाकारहरुको छनोट हुँदैछ । उक्त चलचित्रलाई सागर प्रधानले छायाँकन गर्नेछन् ।

फागुनमा फ्लोरमा जाने तयारीमा रहेको चलचित्र अर्को वर्ष २०७८ सालको दशैंमा प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्र निर्माता रघुनाथ सापकोटाले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *